स्वागतम समाचारदाता,
महेन्द्रनगर, मंसिर २५ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा एन्फा जिल्लास्तरिय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिवारदेखि शुरु भएको छ । धनुषा जिल्ला फुटबल संघको आयोजनामा महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च मा.वि.को खेल मैदानमा शुरु भएको सो प्रतियोतिा शुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत शनिवार भएको उद्घाटन खेलमा (क) समूहबाट धनुषाको यज्ञभूमि युवा समाज धारापानी र न्यू जनशक्ति युवा क्लव हठिपुर हडवाडाबीच प्रतिस्पर्धा भएको छ । सो खेलमा हठिपुर हडवाडालाई धारापानी टिमले १ को विरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ ।
क्षीरेश्वर स्पोर्ट क्लपका अध्यक्ष तथा जिल्ला लिग फुटबलका संयोजक रामकेवल मुखियाको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष जिवछ मण्डलको प्रमुख आतिथ्यमा सो प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
सो अवसरमा प्रदेश फुटबल संघका महासचिव सुरेश ठाकुर, केन्द्रीय सदस्य तपेश्वर राउत, कल्याण कुमार खड्का, ललित नारायण साह, राजदेव प्रसाद साह, प्रदेश तथा जिल्ला फुटबलका कोच प्रकाश अर्याल, जिल्ला फुटबल संघका अचुतम कुमार बराल, सदस्य राम विरोध महतो, जिल्ला रेफ्री संघका अध्यक्ष प्रमोद पासवान, महासचिव सुनिल पासवान, हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतो लगायतको उपस्थिति रहेको छ ।
यता सो लिग प्रतियोगिता अन्तर्गत टाई सिट अनुसार (ख) समूहबाट क्षीरेश्वर स्पोर्ट क्लव महेन्द्रनगर र उन्नितिशिल युवा क्लवबीच दिउँसो १ः३० बजेदेखि खुल शुरु हुने प्रतियोगिताका संयोजक राम केवल मुखियाले जानकारी दिएका छन् । प्रतियोगितामा जिल्लाभरिका जम्मा १० वटा फुटबल टिमको सहभागिता रहेको छ । क्षीरेश्वरनाथन नगरपालिकाको विशेष सहयोग, क्षीरेश्वर स्पोर्ट क्लवको संयोजन तथा धनुषा जिल्ला फुटबल संघको आयोजनामा खेल प्रतियोगिता शुरु भएको छ ।