स्वागतम समाचारदाता
महेन्द्रनगर, मंसिर २७ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा जारी एन्फा जिल्लास्तरिय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो दिन सोमबार दुई वटा खेल भएको छ । पहिलो खेलमा हठिपुर हडवाडा र विरेन्द्रबजार बीच प्रतिस्पर्धा भएको छ, भने दोस्रो खेलमा मणिमण्डप जनकपुर र धनुषाधामबीच प्रतिस्पर्धा भएको छ । पहिलो खेलमा विरेन्द्रबजारले ३ गोल र हडवालाले १ गोल गरेको थियो । यस्तै दोस्रो खेलमा मणिमण्डप जनकपुरले १ गोल र धनुषाधामले पनि १ गोल खेल्दै बराबरीमा रहेको छ ।
यस्तै मंगलबार चौथो दिनको पहिलो खेल महेन्द्रनगर र खजुरीबीच हुनेछ भने दोस्रो खेलमा क्षीरेश्वर स्पोर्ट क्लव र महावीर स्पोर्ट क्लवबीच खेल हुने आयोजकले जनाएको छ । धनुषा जिल्ला फुटबल संघको आयोजनामा महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च मा.वि.को खेल मैदानमा मंसिर २५ गते शनिवारदेखि सो प्रतियोगिता हुँदैछ ।
यसअघि शनिवार भएको उद्घाटन खेलमा (क) समूहबाट धनुषाको यज्ञभूमि युवा समाज धारापानीले ३ गोल र न्यू जनशक्ति युवा क्लव हठिपुर हडवाडाले १ गोल गरेको थियो । यस्तै दोस्रो दिनको खेलमा क्षीरेश्वर स्पोर्ट क्लव महेन्द्रनगरले १ गोल र श्री उन्नतिशिल युवा क्लवले ० गोल गरेको क्षीरेश्वर स्पोर्ट क्लपका अध्यक्ष तथा जिल्ला लिग फुटबलका संयोजक रामकेवल मुखियाले जानकारी दिएका छन् । प्रतियोगितामा जिल्लाभरिका जम्मा १० वटा फुटबल टिमको सहभागिता रहेको छ ।