स्वागतम समाचारदाता
काठमाडौ, मंसिर २८ ।
शिक्षक सेवा आयोगले पहिलो चरणमा माध्यमिक तहको विज्ञापन खोल्न लागेको छ । विभिन्न तहको शिक्षक पदमा चरणवद्ध रुपमा विज्ञापन गर्ने आयोगले जनाएको छ ।
सबै तहको शिक्षक भर्ना एकैचोटी खोल्दा प्राविधिक समस्या आउन भन्दै चरणवद्ध विज्ञापन खोल्ने तयारी गरिएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताएका छन् । अध्यक्ष रेग्मीका अनुसार शिक्षक सेवा आयोगले बुधबारसम्म माध्यमिक तहको खुलातर्फको विज्ञापन गर्ने तयारीमा लागेको छ । यस्तै आयोगले मंसिरभित्र विज्ञापन गर्ने कार्यतालिका बनाएको र सोही कार्यतालिका अनुसार विज्ञापन प्रकाशन गर्दै जाने जनाएको छ । मावि तहको विज्ञापन भइसकेकोपछि चरणबद्घ रुपमा निमावि तह र प्रावि तहको विज्ञापन खोलिने रेग्मीले बताएका छन् ।
आयोगले पहिलो पटक माध्यमिक तहमा करिव एक हजार ५ सय ४२ पदमा आवेदन माग गर्ने बताएको छ । यसतै निम्न माध्यमिक तहमा दुई हजार ५ सय ९३ पद र प्राथमिक तहमा १२ हजार ९ सय १२ रिक्त पदमा विज्ञापन खोल्ने तयारी गरेको जनाएको छ ।