स्वागतम समाचारदाता
जनकपुरधाम, मंसिर २८ गते ।
लामो समयपछि प्रदेश २ को प्रदेशसभा बैठक बुधबार बस्न लागेको छ ।प्रदेश प्रमुख हरिशंक मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका हुन् ।
बुधवार विहान ११ बजेको लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धमा प्रस्ताव पेश हुने अनुमान गरिएको छ ।
प्रदेशसभा बैठकमा उपस्थित हुनका लागि सांसदहरुलाई जानकारी गराइएको प्रदेशसभाका सचिव रंजित यादवले जानकारी दिएका छन् ।