स्वागतम समाचारदाता
महेन्द्रनगर, पौष १ ।
धनुषाको महेन्द्रनगरमा एक किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित सन्दिप चौधरीले सञ्चालन गरेको सप्तरङ्गी किराना पसलमा बुधबार मध्य राति आगलागी भएको छ । आगलागीका कारण पसलमा भएको सम्पूर्ण समान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादवले जानकारी दिएका छन् ।
आगलागीले पसलका अन्दाजी १४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले निरिक्षक यादवले बताएका छन् । आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट हुन सक्ने वा पूजा गर्न बालिएको धुपबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।