स्वागतम समाचारदाता
काठमाडां, पौष ७ ।
नेपालमा थप एक जनामा व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । जिन सिक्विन्सिङको क्रममा एक जना ९८ वर्षका वृद्ध पुरुषमा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिएका छन् । ओमिक्रोन भाइरस संक्रमित वृद्धको आइसेलनशमा उपचार भईरहेको प्रवक्ता मिश्राले बताएकी छिन् । यो सँगै नेपालमा अब ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको सङ्ख्या तीन जना पुगेको छ ।
यसअघि डिसेम्बर ६ तारिखमा दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेरिअन्ट देखिएको थियो । अहिले सङ्क्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पनि जाँच गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता मिश्राले बताउनुभयो । ओमिक्रोन भेरिअन्ट कोरोना भाइरसको अरू भेरिअन्ट भन्दा चाँडो फैलिने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई ३३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय १७ जना र चार हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई ७२ जना कोरोनामुक्त भएका छन् । यही दुई जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।