स्वागतम समाचारदाता
जनकपुरधाम, पौष ९ ।
नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा रौतहटका कृष्ण यादव विजयी भएका छन् । कांग्रेसका संस्थापन पक्ष शेरबहादुर देउवा पक्षधर कृष्ण यादवले धनुषाका रामसरोज यादवले चुनावमा पछारेका छन् । रामसरोज कृष्णले १ सय ४१ मतको अन्तरले पछारेका छन् ।
कृष्ण यादव ९ सय ९६ मत पाउँदा रामसरोजले मात्र ८५५ मत पाएका छन् । यस्तै ३० मत बदर भएको छ । कृष्ण यादव रौतहटका पार्टी सभापति हुन् भने रामसरोज काँग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।
रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवको मात्र देउवाको सहयोग थियो । ६७ पदका लागि बिहीबार बिहान ९ बजेदेखि राति ८ बजेसम्म मतदान चलेको थियो । जम्मा १९ सय ५१ मतदाता रहेकोमा १८सय ८१ मत खसेको थियो । राति ११ बजेबाट मतगणना सुरु भएको थियो । शुक्रबार बिहानै सभापतिको नतिजा सार्वजनिक भइसकेको छ । अब उपसभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । प्रदेश २ सभापतिमा पराजित भएका रामसरोज यादवलाई मन्त्रि पदबाट राजिनामा दिन नैतिक दवाव परेको छ ।