स्वागतम समाचारदाता
महेन्द्रनगर, पौष १० ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा जारी एन्फा जिल्लास्तरिय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम फाइनल खेल पौष ११ गते आइतबार (भोली) हुने भएको छ ।
सो प्रतियोगिताको फाइनल खेल दिउँसो १ बजेदेखि सुरु हुने प्रतियोगिताका संयोजक राम केवल मुखियाले जानकारी दिएका छन् । सो खेल क्षीरेश्वर जनता उच्च मा.वि.को खेल मैदानमा हुनेछ ।
फाइनल खेलमा यज्ञभुमी युवा समाज धारापानी र जनकपुर स्पोर्ट्स क्लवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा जनकपुर स्पोर्ट्स क्लवले श्री उन्नतिशील युवा क्लव मुडिवालाई पराजित गर्दै फाइनलमा पुगेको छ भने पहिलो सेमिफाइनलमा यज्ञभुमी युवा समाज धारापानीले महाविर स्पोर्ट्स क्लव खजुरीलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
धनुषा जिल्ला फुटबल संघको आयोजनामा मंसिर २५ गते शनिवारदेखि सो प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा जिल्लाभरिका जम्मा १० वटा फुटबल टिमको सहभागिता रहेको क्षीरेश्वर स्पोर्ट क्लवका अध्यक्ष तथा जिल्ला लिग फुटबलका संयोजक रामकेवल मुखियाले जानकारी दिएका छन् ।