स्वागतम समाचारदाता
जनकपुरधाम, पौष १० ।
धनुषामा उखु उत्पादक कृषकहरुको भेलाले तदर्थ समिति गठन गरेको छ । शनिवार धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा भउको उखु उत्पादक कृषकहरुको बैठकले ११ सदस्यीय उखु उत्पादक कृषक समिति गठन गरेको छ ।
सो तदर्थ समितिको अध्यक्षमा महेन्द्र राउत, उपाध्यक्षमा राजकुमार महतो, सचिवमा नक्टाझिजका राजकुमार महतो, सहसचिवमा तेज कृष्ण काफ्ले, कोषाध्यक्षमा सखीचन यादव,लाई चयन गरिएको छ ।
यस्तै भेलाले समितिको सदस्यहरुमा महादेव यादव, फुलगेन कुमार महतो, दुखरण यादव, राजशरण महतो, नागेन्द्र महतो र जितेन यादवलाई चयन गरिएको छ ।
सिरहाको चन्द्रअयोध्यापुरमा रहेको हिमालय सुगर मिल्स लिमिटेडका उखु महाप्रबन्धक अवध किशोर यादवको रोहवरमा भएको उखु कृषकहरुको भेलाबाट हालको लागि सो तदर्थ समिति गठन गरेको समितिका सचिव राजकुमार महतोले बताएका छन् ।