स्वागतम समाचारदाता
महेन्द्रनगर, पौष २३ ।
धनुषामा टिपरले किचेर हत्या गरिएका पर्यावरण तथा चुरे संरक्षण अभियन्ता ओमप्रकाश महतो (दिलीप) को दोस्रो स्मृति दिवसको अवसरमा पौष २४ गते शनिबार विहान वृक्षारोपण कार्यक्रम हुने भएको छ ।
दिलीपको दोस्रो स्मृति दिवसको अवसरमा ओम प्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानले वृक्षारोपण कार्यक्रम गर्न लागेको छ । मिथिला नगरपालिका वडा नं. ५ औरहीथानस्थित दिलीप स्मृति वाटिकामा वृक्षारोपण कार्यक्रम राखिएको जनाइएको छ । सो कार्यक्रममा सहभागिताका लागि प्रतिष्ठानले सबै पक्षलाई आग्रह गरेको छ ।
यस्तै दोस्रो स्मृति दिवसकै अवसरमा पौष २५ गते आइतवार धनुषाको ढल्केवरमा श्रद्धाञ्जली र सम्मान कार्यक्रम राखिएको जनाएको छ ।
२०७६ साल पौष २५ गते खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलिपलाई औरही खोलामा क्रसरधनीले हत्या गरेका थिए । खोलाको अवैध उत्खन्नको विरोधमा उत्रिदा मारिएका पर्यावरण संरक्षण अभियन्ता धनुषाका दिलिप महतोको हत्या भएको दुई वर्ष पुरा हुँदै छ ।