स्वागतम समाचारदाता
महेन्द्रनगर, पौष २४ ।
धनुषामा टिपरले किचेर हत्या गरिएका पर्यावरण तथा चुरे संरक्षण अभियन्ता ओमप्रकाश महतो (दिलीप) को दोस्रो स्मृति दिवसको अवसरमा पौष २४ गते शनिबार दिलीप स्मृति वाटिकामा वृक्षारोपण गरिएको छ । छ ।
दिलीपको दोस्रो स्मृति दिवसको अवसरमा ओम प्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानले मिथिला नगरपालिका वडा नं. ५ औरहीथानमा निर्मित दिलीप स्मृति वाटिकामा वृक्षारोपण गरेको छ ।
सो वाटिकामा १७ प्रजातिका विरुवा रोपिएको प्रतिष्ठानकी अध्यक्ष संगम कुमार महतोले जानकारी दिएकी छिन् ।
वृक्षारोपण कार्यक्रममा मिथिला वील्ड लाइफ ट्रष्ट धनुषाका संचालक देवनारायण मण्डलले विरुवा उपलब्ध गराएको थिए भने वृक्षारोपण कार्यक्रममा समेत सहभागिता जनाएको प्रतिष्ठानका सचिव फुलगेन महतोले बताएका छन् ।
सो कार्यक्रममा प्रतिष्ठानको पदाधिकारी, मृत्तक दिलीपका घरपरिवारका सदस्य, हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतो, उपाध्यक्ष विनोद कुमार महतो, सचिव शिवकुमार सिंह, एभरेष्ट युवा क्लवका रामविलास महतो, विजय दास, आदित्य सिंह लगायत दर्जनौको उपस्थिति रहेको थियो । यता दोस्रो स्मृति दिवसकै अवसरमा पौष २५ गते आइतवार धनुषाको ढल्केवरमा स्मृतिसभा र सम्मान कार्यक्रम राखिएको प्रतिष्ठानले जनाएको छ ।
२०७६ साल पौष २५ गते खोलाको अबैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलिपलाई औरही खोलामा क्रसरधनीले हत्या गरेका थिए ।