स्वागतम समाचारदाता
काठमाडौं, पौष २६ ।
कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा १ हजार ४ सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय २९ जनाको नमुना परीक्षण गर्दा १२ दशमलव ६५ प्रतिशत अर्थात् एक हजार चार सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् । यही अवधिमा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा सात हजार आठ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १० हजार पाँच सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप अभियान जारी छ । यस्तै १२ देखि १७ वर्षसम्मका लागि पनि खोप अभियान चलि रहेको छ ।