राम उदगार महतो
जनकपुरधाम, पौष २७ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा राष्ट्र निर्माता तथा नेपाल एकिकरणका महानायक पृथ्वी नारायण शाहको ३००औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रवादी नागरिक समाजले शाहको ३००औं पृथ्वी जयन्ती तथा एकता दिवस अन्तरक्रिया गरी मनाएको छ ।
नेपाल राष्ट्रवादी नागरिक समाजक उपाध्यक्ष निरु पोखरेलका अध्यक्षता तथा मानव सेवकको प्रमुख आतिथ्यमा कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ । सो कार्यक्रममा राष्ट्रवादी शंकर चौधरी, संतोष गिरी, रामबाबु शर्मा, घनश्याम यादव, सूर्यनारायण महतो, सारदा कार्की, कल्याणी थापा लगायत आफ्नो मन्तव्य राखेका थिए ।
मन्तव्यको क्रममा उनीहरुले विभिन्न ११ बुंदे माग राख्दै देश बचाउ जन जागरण अभियान सफल बनाउनुपर्नेमा जोड दिएका थिए । देशको विकाउ र भ्रष्ट नेताहरुका कारण भ्रष्टाचारी, अत्याचारी, हत्याहिंसा, अपराध बढ्दै गएको अब फेरी देश बचाउन राजा आउनुपर्ने र देश बचाउनु पर्ने धारणा वक्ताहरुले राखेका थिए ।