स्वागतम समाचारदाता
महेन्द्रनगर, माघ १ ।
आज २०७८ साल माघ १ गते शनिवार अर्थात माघ महिनाको पहिलो दिन हो । माघ महिनाको पहिलो दिन आज तराई मधेस सहित देशभरि माघे संक्रान्ती पर्व अर्थात तिला संक्राइत पर्व मनाइँदैँ छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेर आजदेखि उत्तरायण सुरु भएकाले आजको दिनलाई मकर सक्रान्ति पनि भन्ने गरिन्छ । आजको दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यस्तै तिल, च्युरा, मोरही, रमदाना लगायतको लड्डु (लाई) सख्खर (मिठ्ठा) मा बनाएर खाने गरिन्छ ।
माघे संक्रान्तिका दिन यी परिकार खाएमा जाडोममा गर्मी प्रदान गर्ने मान्यता रहेको छ । यी परिकार खाएमा त्रिदोष नाश हुने धार्मिक विश्वास रहेको छ ।
यस्तै माघे संक्रान्तिदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो चल्ने भएकाले आजदेखि ६ महिनाको समयलाई उत्तरायण भन्ने गरिन्छ । यस्तै आजदेखि दिन भन्दा रात छोटो हुँदै जाने मान्यता छ ।