स्वागतम समाचारदाता
सर्लाही, माघ ४ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा यात्रुबाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा करिव १७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
हरिवनमा मंगलबार दिउँसो यात्रुबस पल्टिँदा १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएका छन् । पश्चिमबाट पूर्वतर्फ गईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक बस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९ नोचामा पल्टेको छ ।
बस राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ । बसमा घाइते भएका १७ जनामध्ये एकजना गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेकोे प्रहरीले जनाएको छ ।