स्वागतम समाचारदाता
महोत्तरी, माघ ४ ।
महोत्तरी जिल्लाबाट नक्कली नोटसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं.१ बस्ने २३ वर्षीय असरफ मोहम्द र जनकपुरधाम उप महानगरपालिका वडा नं.६ वस्ने २६ वर्षीय जाहिद रेजा रहेका छन् ।
सोमबार दुवै जनालाई महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा स्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । भारतबाट नेपाल तर्फ आउदै गरेको बा.२१ च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्की भित्र रहेको कालो व्याग भित्र बाहिरी पट्टी नेपाली रु. १००० (एक हजार) दरको नोट र पछाडी पट्टी नेपाली रु.१००० (एक हजारको नोट, एक हजार नोटको साईजको कटिङग गरेको ५ व्याण्डल पेपर ४५६ थान, ५ सयको दरको नोट लगायतको नक्कली नोट र कागजात अत्यधिक मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।