स्वागतम समाचारदाता
विरगंज, माघ ५ ।
मधेश प्रदेशको विरंगजमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता अन्र्तगत आजको खेलमा मधेश प्रदेश विजयी भएको छ । प्रदेश नम्बर १ लाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै मधेश प्रदेश विजयी भएको हो ।
मधेश प्रदेशका लागि जर्सी नम्बर ११ की आकृती राईले २८ मिनेटमा गोल गरिन् । यस्तै खेलको ३०औं मिनेटमा मधेश प्रदेशकै जर्सी नम्बर ८ की गीता कुमारी मिरिञ्चींगले १ गोल गर्दै समूहलाई २ गोलको जित दिलाईन् ।
आजको प्रतियोगितामा मधेश प्रदेशकी गीता प्लेअर अफ दी म्याच घोषित भएकी छिन् ।
यहि माघ ४ गतेदेखि १० गतेसम्म हुने चौथो राष्ट्रिय साहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा धनुषाको एकै समुदायिक विद्यालयका ५ जना छात्रा खेलाडी प्रदेश २ को हक्की टिममा सहभागी भएकी छिन् । प्रतियोगितामा जम्मा ६ वटा हक्की टिमको सहभागिता रहेको छ । एपिएफ आर्मी क्लव, प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश को हक्की टिमको सो प्रतियोगितामा सहभागिता रहेको बताइएको छ ।