स्वागतम समाचारदाता
जनकपुरधाम, माघ २३ ।
मधेश प्रदेश सरकारमा फेरी एक जना राज्यमन्त्री थपिएको छ । नेकपा एकीकृत समाजवादीबाट उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा एकजना थपिएका छन् ।
उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नेकपा एसका नागेन्द्र राय यादवलाई मुख्यन्त्री लालबाबु राउतले नियुक्त गरेका हुन् । यादवलाई आयतवार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
राज्यमन्त्री बनेका यादव रौतहट जिल्लाका बासिन्दा हुन् । यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेश सरकारमा सहभागी भईसकेका छन् ।
यसैको साथ अब मधेश प्रदेश सरकारमा जम्मा मन्त्री मण्डल संख्या १४ सदस्य भएको छ । मुख्यमन्त्री सहित १० जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् ।