स्वागतम समाचारदाता
जनकपुरधाम, माघ २७ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बच्चा चोराएर भाग्दै गरेको आरोपमा दुईजना महिला पक्राउ परेकी छन् । पक्राउ परेका महिलाहरूको नाम प्रहरीले अहिले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.–६ स्थित महाराज सागर पोखरी छेउबाट बुधबार साँझ ६ बजे मोहम्द अमिर राईनका ७ महिने शिशु अख्तर राईनलाई एक महिलाले लिएर भागेकी थिइन् ।
प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाई रहेका बेला रातो साडी लगाएकी करिब ३५ वर्षीया महिलाले शिशु लिएर फरार भएकी थिइन् ।
बच्चा चोरीको आरोपमा पक्राउ परकी दुई महिलासँग दुई टा बचचा रहेको छ । बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।