स्वागतम समाचारदाता
महेन्द्रनगर, माघ २९ ।
धनुषाको मिथिला नगपालिका वडा नं. २ नक्टाझिजमा हिमालय युवा क्लवको आयोजनामा निःशुल्क जेनरल स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । शिविरमा २ सय ६३ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
सो स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ, चर्म, यौन तथा कुष्ट रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ र इन्र्टरनल मेडिसिन विशेषज्ञका चिकित्सकहरु स्वास्थ्य जाँच गरेका छन् ।
शिविरमा बाल रोग विशेषज्ञ डा. बसन्त कुमार साह, स्त्री रोग विशेषज्ञ डा. धिरेन्द्र साह, चर्म तथा यौन, कुष्ट रोग विशेषज्ञ डा. बि.एन झा, हाड जोर्नी तथा नशारोग विशेषज्ञ डा. राजेश कुमार मण्डल र इन्र्टरनल मेडिसिन डा. रविन्द्र नायकले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा औषधी समेत निःशुल्क उपलब्ध गराएको क्लवका अध्यक्ष शिवराम महतोले बताएका छन् । हिमालय युवा क्लवको प्राङणमा शनिवार विहान १० बजेदेखि शुरु भएको शिविर ५ बजेसम्म चलेको थियो ।
शिविरमा सबैभद्यना बढी जेनरल फिजिसिय र छाला रोग तथा हाडजोर्नीको समस्या भएको व्यक्तिहरु जाँच गराएका छन् । यता हिमालय युवा क्लवले चाँडै निःशुल्क आँखा शिविर पनि संचालन गर्ने तयारी गरेको अध्यक्ष महतोले जानकारी दिएका छन् ।