राजेश महतो
महेन्द्रनगर, फाल्गुन १५ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको दोस्रो नगर अधिवेशनले क्षीरेश्वरनाथ नगरपालिकामा नयाँ नगर कमिटी चयन गरेको छ । नगर अधिवेशनले एमालेका युवा नेता महेन्द्र यादवलाई नगर कमिटीको अध्यक्षतामा सर्वसम्मत चयन गरेको छ ।
यस्तै एमालेको नगर कमिटी उपाध्यक्षमा युवा नेता अनिल चौधरीलाई चयन गरेको छ भने सचिवमा रामकृष्ण यादव, उपसचिवमा राजकिशोर महरा र निर्मला सिंहलाई चयन गरेको छ । अधिवेशनले जम्मा ५५ सदस्यीय क्षीरेश्वरनाथ नगरपालिकाको नगर कमिटी सर्वसम्मत चयन गरेको नवगठित कमिटीका उपाध्यक्ष चौधरीले बताएका छन् ।
एमाले नगर कमिटीका अध्यक्ष महेन्द्र यादवको अध्यक्षता तथा एमालेका केन्द्रिय सचीव रघुविर महासेठको प्रमुख आतिथ्यता नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा एमाले नेतृ पोलिट व्यरो सदस्य जुलि महतो, बटेश्वर गाउँपालिकाका अध्यक्ष एवं एमालेका नेता डम्बरबहादुर राउत, मिथिला नगरपालिका उपप्रमुख एवं एमाले नेतृ तारा कुमारी बस्नेत लामा लगायत केन्द्रिय, प्रदेश र जिल्ला कमिटी, क्षेत्रीय तथा नगर कमिटीका नेता तथा पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन कमल चौधरीले गरेका थिए । अधिवेशनमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।