एजेन्सी, फाल्गुन १५ ।
रुससँग युद्ध लडिरेहका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको लागि तयार भएको खबर आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ताको प्रस्ताव स्वीकार गरेको छ ।
यसअघि बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गर्नुभएका युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वार्ता गर्न तयार भएको खबर आएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो वार्ता टोली पठाउन तयार भएको बेलारूसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकाशेन्कोबीच टेलिफोनमा बातचित भएको पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् ।
बेलारुसी राष्ट्रपति लुकाशेन्कोले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फर्कने क्रममा बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिएको छ ।