स्वागतम समाचारदाता
महेन्द्रनगर, फाल्गुन १९ ।
सरकारले नागरिकता बाट बञ्चित गरेको भन्दै नागरिकता विहिनहरुले धनुषामा आन्दोलन गर्ने भएको छ । नागरिकता विहिनहरुको आवाजलाई सरकारले सुनेर पनि नसुनेको झै गरेकोले बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरुले बताएका छन् ।
नागरिकता विहिन संघर्ष समिति नेपाल मिथिला नगरपालिकाले धनुषाको ढल्केवरमा यहि फाल्गुन २१ गतेदेखि २७ गतेसम्म दवाव मुलक आन्दोलन गर्ने तयारी गरेको छ ।
नागरिकता विहिनहरुको नागरिकता प्राप्तिको लागि हुने दवाव मुलक आन्दोलन कार्यक्रम फाल्गुन २१ गते सँ २७ गतेसम्म प्रत्येक दिन १० बजेदेखि ढल्केवरस्थित कृषि बजार अगाडी हुने समितिले जनाएको छ ।
ससितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाट नागरिकता दिनु पर्ने माग राख्दै दवाव मुलक आन्दोलन कार्यक्रम गर्न लागेको समितिका नगर अध्यक्ष कर्मवीर महतोले जानकारी दिएका छन् ।
नागरिकताको माग गर्दै पटक पटक तीनै तहको सरकारलाई ज्ञापन पत्र बुझाएपनि कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको नगर अध्यक्ष महतोले बताएका छन् ।
मधेश प्रदेशमा नागरिकता समस्याका कारण हजारौ युवाहरु बेरोजगार छन् भने कतिपय उच्च शिक्षा हासिल गर्नबाट समेत बञ्चित भईरहेको छन् । नागरिकता नभएपनि शिक्षित युवायुवतीहरु लोकसेवा र अन्य विभिन्न रोजगारीको अवसरहरुबाट समेत बञ्चित हुनु परेको छ ।