स्वागतम खबर
जलेश्वर, फागुन २३ ।
मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक महिलाको मृत्यु भएको हो । १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भारत बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साहकी मृत्यु भएको छ ।
महोत्तरीको मठिहानी पडाव स्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत सोमवार विहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका २ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा रिंगाटा लागेर उनी बेहोस भएकी थिइन् । उपचारको क्रममा जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।