स्वागतम खबर
महेन्द्रनगर, फागुन २६ ।
मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरु विहिवार भगवानको डोला सहित कञ्चनवनमा विश्राम गर्दै छन् । मिथिला मध्यमा परिक्रमाका यात्री महोत्तरीको कञ्चनवनमा पुगेर होली खेलेपछि रात्रि विश्राम गर्दै छन् ।
मिथिलाको महाकुम्भको रुपमा मानिने १५ दिने माध्यमिकी परिक्रमाक यात्रीहरु कञ्चनवनमा पुगेपछि विहिवार एकअर्कालाई रंग अविर लगाएर होली खेलेका छन् । कञ्चनवनमा भगवान राम र सीता त्रेतायुगमा रंग अबिर लगाएर होली खेलेको सम्झनामा परिक्रमा यात्रीहरु त्यहाँ पुगेपछि होली खेलेका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरी मठबाट सुरु भएको परिक्रमा यात्राको आठौ पडाव स्थल महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चनवनमा विश्राम गरेपछि शुक्रवार विहान नवौं पडाव स्थल धनुषाको पर्वताका लागि हिँड्ने छन् । मिथिला माध्यमिकी परिक्रमा यात्रीहरु राम सीताको डोला सहित शुक्रवार धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वरनाथ महादेवके दर्शन गर्दै पर्वतामा पुगेर विश्राम गर्नेछ । सन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदा सँ शुरू भएको परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर फागुन पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।