स्वागतम खबर
महेन्द्रनगर, फागुन २७ ।
१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी पुनः एक महिलाको मृत्युु भएको छ । महोत्तरीको भंगहा नगरपालिका –३ भंगाहा टोल बस्ने ५५ वर्षीया तिलिया देवी मुसहरको मृत्युु भएको हो ।
भंगहा नगरपालिका –९ कन्चनवन स्थित रहेको आधारभुत विद्यालयमा रात्री बिश्राम गरिरहेकी महिला बिहान मृत अवस्थामा भेटेकी छिन् ।
यसअघि परिक्रमामै सहभागी तीर्थालु भारतीय एक महिलाको मठिहानीबाट जलेश्वर आएपनि नुहाउने क्रममा बेहोस भएर मृत्युु भएको थियो ।