स्वागतम खबर
महेन्द्रनगर फागुन २८ ।
मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरु आज पर्वताबाट धनुषाधाममा पुगेका छन् । भगवानको डोला सहित धनुषाको पर्वताबाट परिक्रमा यात्रीहरु धनुषाधाम पुगेर विश्राम गर्दै छन् ।
मिथिला माध्यमिकी परिक्रमा यात्रीहरु राम सीताको डोला सहित नवौं पडाव स्थलको रुपमा रहेको धनुषाको धनुषाधाम नगरपालिका ५ पर्वतामा शुक्रवार राति विश्राम गरेपछि दशौं पडाव स्थलको रुपमा रहेको ऐतिहासि एवं धार्मिक स्थल धनुषाधाममा पगेपछि धनुष महराजको दर्शन गर्दै त्यहाँ रात्री विश्राम गर्दै छन् ।
परिक्रमा यात्रीहरुको आइतवार विहानै ११औं पडाव स्थलको रपमा रहेको सतोखरका लागि प्रस्थान गर्नेछन् । वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदा सँ शुरू भएको परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर फागुन पूर्णिमाको दिन अन्तरगृह परिक्रमा गरेसँगै सम्पन्न गरिने परम्परा छ ।