स्वागतम खबर, चैत ९ । सामुदायिक रेडियाे प्रसारक संघ (अकाेराब) काे राष्ट्रिय सम्मेलन तथा १६ औं वार्षिक साधारणसभा नेपालगन्जमा आजदेखि सुरु भएकाे छ । अकाेरावका अध्यक्ष अर्जुन गिरीकाे अध्यक्षता र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुकाे प्रमुख आतिथ्यमा सम्मेलन तथा साधारणसभा सुरु भएकाे छ । लुम्बिनी प्रदेशकाे नेपालगन्जस्थित हाेटेल सिद्धार्थमा चैत ९ र १० गते गरि दुईदिनसम्म चल्ने सम्मेेेलन र साधारणसभामा अकाेराबकाे वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुने अकाेराबका महनसचिव किशाेरजंग थापाले जानकारी दिनुभयाे । सम्मेलनमा देशभरिका सामुदायिक रेडियोका प्रतिनिधीहरुकाे सहभागिता रहेकाे छ । अहिले उद्घघाटन सत्र सकेर दाेस्राे सत्र चल्दै छ ।