स्वागतम खबर
ढल्केवर, चैत १४ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. १ लक्ष्मीनिवासले वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयले सोमबार एक कार्यक्रमका बीच वडाभरिका करिव ५ सय जना ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालाई सम्मान गरेको छ ।
वडा कार्यालय विपत्त व्यवस्थापन कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गताका भएकाहरुलाई फुलमाला, टिका लगाउँदै गम्छा ओढाएर एक एक थाथ छाता दिएर सम्मान गरेको वडा सचिव सत्यनारायण सिंहले जानकारी दिएका छन् ।
मिथिला नगरपालिका वडा नं. १ का वडाअध्यक्ष लक्ष्मी महतोको अध्यक्षता तथा नगर प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख महतोले समाज रूपान्तरणमा ज्येष्ठ नागरिकले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।
उहाँले सन्तानले आफ्ना वृद्ध आमा बुवालाई सम्मान र सेवा गर्नुपर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख महतोले नगरपालिकाको तर्फबाट यसै चालु आर्थिक वर्षमा नगरभित्रका ११ वटै वडाका ६० वर्ष माथिका ४ हजार ५ सय ज्येष्ठ नागरिकलाई सम्मान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । यस्तै नगरपालिकाकै लोकप्रिय कार्यक्रम मिथिलाको चाहना घर घरमा साहना कार्यक्रम अन्तर्गत स्नातक तह उत्तिर्ण नगरभित्रका छोरी र बुहारीलाई सम्मान गर्ने कार्यक्रम गर्न लागेको प्रमुख महतोले बताउनुभयो ।
यता कार्यक्रमलाई सम्बोन गर्दै वडा अध्यक्ष लक्ष्मी महतोले समाजका सबै पक्षलाई कुनै पार्टीको भएपनि कुनै भेदभाव नगरी एक भएर विकास र समृद्धिको यात्रामा अगाडि बढनुपर्ने बताउनुभयो । विकास निर्माणका कार्यसँगै ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलाको संरक्षण र सम्मानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेको अध्यक्ष महतोले बताउनुभयो ।
यता कार्यक्रममा सम्मानित भएका वडाकै ज्येष्ठ नागरिक ११६ वर्षीया सुकमरिया देवी खुशी हुँदै नगरपालिका र वडाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेर राम्रो कार्यको थालनी गरेको बताईन् । शारीरिक रुपले तन्दुरुस्तै देखिएकी सुकमरिया देवी कार्यक्रमको समयावधीभरि कुर्सीमा बसेर सबैको कुरा र भाषण मनन गरी सुनेकी थिईन् ।
वडाकै ज्येष्ठ नागरिक ११६ वर्षीया सुकमरिया देवी