विनोद महतो
धनुषा, चैत १५ ।
धनुषाको शहीदनगरपालिका वडा नं. ७ धबौलीमा दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । शहीदनगर नगरपालिका वडा नं. ७ धबौलीको खेल मैदानमा यहि चैत १७ गते देखि २४ गतेसम्म हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल चैत १७ विहिवार हुने र अन्तिम फाइनल खेल चैत २४ गते हुने सहआयोजक श्री स्पोर्टस क्लव धबौलीले जनाएको छ ।
शहीदनगर नगरपालिकाको दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता धबौलीको रा.प्रा.वि. खेल मैदानमा हुनेछ । चैत १७ गतेदेखि २४ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजेदेखि खेल हुने सह-आयोजनाक क्लवका अध्यक्ष राजु मण्डलले जानकारी दिएका छन् ।
सो प्रतियोगितामा धनुषा, सिरहा र महोत्तरीका जम्मा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका लागि ८ वटै टिमलाई दुई ग्रुपमा विभाजन गरिएको छ ।
खेल तालिका अनुसार ग्रुप (A) बाट चैत १७ गते हुने उद्घाटन खेलमा गोलबजार स्पोर्टस क्लव र सामुदायिक विकास मंच (CDF) गोदारबीच प्रतिस्पर्धा हुनेछ । यस्तै चैत १८ गते APF बर्दिवास र भरतपुर युवा क्लवबीच खेल हुनेछ ।
यस्तै ग्रुप (B) बाट चैत १९ गते शहीदनगर नगरपालिका र जनकपुर स्पोर्टस क्लवबीच खेल हुनेछ भने २० गते श्री स्पोर्टस क्लव धबौली र यज्ञभूमि युवा क्लव धारापानीबीच खेल हुने तालिका छ ।
प्रतियोगिता अन्तर्गत पहिलो समिफाइन खेल २१ गते ग्रुप (A) को विजेता टिमबीच हुने छ भने दोस्रो सेमिफाइलन खेलमा ग्रुप (B) को विजेता टिमबीच २२ गते प्रतिस्पार्धा हुनेछ । यस्तै चैत २४ गते हुने अन्तिम फाइनल खेलमा दुवै सेमिफाइनल खेलका विजेता टिमबीच प्रतिस्पर्धा हुने सहआयोजकले जनाएको छ ।
शहीदनगर नगरपालिका यदूकुहा धनुषाको आयोजना तथा श्री स्पोर्टस क्लव धबौलीको सह-आयोजनामा प्रतियोगिता संचालन हुनेछ ।