स्वागतम खबर
धनुषा, चैत १७ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजना मोटरसाइकल चालकको ज्यान गएको छ । जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिकै पुष्पबाटिका स्कुलको बसले मोटरसाइकललाई ठक्कर चालकको ज्यान गएको हो । घटनामा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ ।
जनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा.८०. च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ भने बसका चालक फरार भएकाले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।