स्वागतम खबर
महेन्द्रनगर चैत १८ ।

आज फस्ट अप्रिल अर्थात अप्रिल फुल । नेपाल सहित विश्वभरि विश्व मुर्ख दिवस मनाइँदै छ । विश्व मुर्ख दिवसमा एक अर्काले पत्यारै लाग्ने खालको कुरा सुनाएर, मेसेज पठाएर मुर्ख बनाउने गर्छन् ।
यो दिवसमा विभिन्न झुठ वा अपवाहबला खबर सुनाएर मुर्ख बनाउने अनि मज्जा लिने गर्छन् । यस्तै अन्यास खबर सुनेर मुर्ख बन्नेहरु पनि एकछिन पछि आफुलाई अप्रिल फुल अर्थात मुर्ख बनाइयो भन्दै शर्मसार हुन्छन् र मज्जा लिन्छन् ।
अप्रिल फूल अर्थात् अप्रिल महिनाको प्रथम तारिख, आजको दिन बिहानै देखि विभिन्न बहानामा झुक्क्याउने, ठट्टा गर्ने अनि रमाइलो गर्ने चलन छ । यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शाषन रहेका वेला, आजकै दिनमा कैदि एवं अपराधीरुलाई एक दिनका लागि राज्य चलाउन दिईएको थियो ।
यसै दिनको सम्झनामा हरेक वर्ष अप्रिल फूल अर्थात् मूर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समयको आसपासमा हिन्दु चन्द्र क्यालेण्डरमा होली, ज्वीस अर्थात् यहुदीहरुको क्यालेण्डरमा पुरीम र रोमनहरुको क्यालेण्डरमा अतिस पर्व पर्दछन् । मार्चको मध्यवाट र अप्रिलको प्रथम साता विचमा यी पर्वहरु पर्ने गर्दछन् । वसन्त ऋतुको आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन मानिएको छ ।
प्रत्येक वर्ष अप्रिल १ मा मनाइने अप्रिल फूल दिवस विभिन्न संस्कृतिहरूले धेरै शताब्दीदेखि मनाउँदै आएको छ । यद्यपि यसको वास्तविक उत्पत्ति रहस्यमय नै रहेको छ । केही इतिहासकारहरूको अनुसार अप्रिल फूल दिवस १५८२ देखि शुरु भएको छ । फ्रान्सले जुलियन क्यालेन्डरबाट ग्रेगोरियन क्यालेन्डरमा परिवर्तन ग¥यो, जसलाई १५६३ मा काउन्सिल अफ ट्रेन्टले आह्वान गरेको थियो । जुलियन क्यालेन्डरमा, हिन्दु क्यालेन्डरमा जस्तै, नयाँ वर्ष अप्रिल १ वरिपरि वसन्त विषुवको साथ सुरु भयो ।
इतिहास र चलनहरू नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडि विश्वव्यापी रूप लियो । जब अंग्रजी हास्य लेखक अनि कलाकारहरूले यसलाई अभिव्यक्त अनि आ आफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिस, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको बुद्धि सँगै मान्यता पाउँदै गयो ।
सन् १९५७ मा त बिबिसी ले नै स्विस किसानहरूले रुखबाटै चाउचाउ टिपेको भिडियो देखाइदिएर आजको दिन संसारलाई नै नयाँ वाली आयो भनी झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरूले पनि आजको दिनमा डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउँदछन् ।
विद्यालयमा छँदा साथीहरूको पछाडि कागजको पुच्छर जोडिदिने, ट्वाइलेटमा थुनिदिने, ब्याग र कापीहरू लुकाई दिने, पेन भित्रको रिफिल लुकाई दिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्दा धेरै क्रियाकलापहरु गर्छन् ।
मूर्ख र सज्जन एक आपसमा बाँझिएका शब्दहरू हुन् । विश्व मूर्ख दिवस, आत्मसाथ गरौँ, कालिदासको ज्ञान अनि काव्यलाई तर स्मरण गरौँ उनी पहिले कति मूर्ख थिए भन्ने कुरा । वाल्मीकिलाई सम्झना गरौँ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौँ न ।
बच्चामा गरेका मूर्ख कामहरू लाई, मूर्खपना नराम्रो हैन तर यसबाट सिक्न अनि आगाडि बढ्न जरुरी छ । आज बोलेका झुट या मूर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मूर्ख बनाउनुहोस् तर हसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउसफूल होस् ।