स्वागतम खबर
महेन्द्रनगर, चैत २८ ।
धनुषाको एक सामुदायिक विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई स्कुल अवार्डले सम्मान गरिएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका कक्षा १० का ५ जना विद्यार्थीलाई स्कुल अवार्डले सम्मानित गरिएको हो ।
आइतबार चैती रामनवमीको दिन जनता मावि नक्टाझिज कक्षा–९ का द्यिार्थीहरुले आयोजना गरेको एसईई परीक्षार्थीहरुको विदाई कार्यक्रममा विद्यालयले प्रशासनले कक्षा–१० का ५ जना विद्यार्थीलाई विभिन्न स्कुल अवार्ड दिएर सम्मान गरेको हो । विद्यालय प्रशासनले ती विद्यार्थीहरुलाई विभिन्न विद्यामा स्कुल अवार्ड सहित गम्छा खादा सहित टिका लगाएर सम्मान गरेको विद्यालयले जनाएको छ ।
अवार्ड पाएका विद्यार्थी मध्ये कक्षा–१० मा सबैभन्दा बढी अंक (मार्क) ल्याउने र हरेक प्रश्नसँग जुध्ने क्षमता भएको कृष्ण कुमार महतो लाई Hero of the Best Skill Reading and Studying student award ले सम्मान गरेको छ । यस्तै पढाइ र अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई विद्यालयको लागि धेरै मेडलहरु जितेर ल्याएको र पढाइमा पनि धेरै अंक ल्याउने एक छात्र र एक छात्रालाई समेत अवार्ड प्रदान गरेको छ । Hero of the Best Extra activities and Studying student अर्वाड सोनु कुमार राय राजपुत र विनिता कुमारी महतोलाई प्रदान गरिएको छ । त्यस्तै अवार्ड पाउनेमा विद्यालयमा बाल क्लव समुह गठन गरेर विद्यार्थीहरुको समुह नेतृत्व गर्ने, विद्यालयको बारेमा रेडियो, टेलिभिजन, अनलाईन मिडियाहरुमा लामो समय देखि कलम चलाएर लेख्दै आएको र सञ्चार माध्यमका दिवेश कुमार महतोलाई Hero of the Best Technology and journalist student award ले सम्मान गरेको छ । त्यस्तै विद्यालयको अनुशासनमा आफु सधैं बस्ने, अरुलाई अनुशासित भएर पढ्न र विद्यालयमा राम्रो व्यवहार अपनाउने, नियमित विद्यालयमा उपस्थिति हुने र पढाइमा पनि धेरै नम्बर ल्याउने विदया कुमारी महतोलाईHero of the Best Discipline student award ले सम्मानित गरिएको छ ।
पछिल्लो समय धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षकहरुको उर्जावान टिम र युवा प्राधानाध्यापक श्याम कुमार यादवको आगमनले विद्यालयको शैक्षिक क्रियाकलापहरू देखि खेलकुद र उत्कृट प्रदर्शन गर्दै आएको छ ।
विद्यालयको आन बान र सान रहेको ५ जना विद्यार्थीको सम्मानले भोलिका दिनमा यस विद्यालयमा अझैं सम्मान पाउनका लागि सबै विद्यार्थीहरु अहोरात्र मिहेनत गरेर राम्रो गर्ने प्राधानाध्यापक यादवले बताउनुभयो ।