Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

पत्रकारसँग अन्तरक्रिया गर्दै जनकपुरमा मनाइयो विश्व औँलो दिवस

के हो औंलो ?

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
पत्रकारसँग अन्तरक्रिया गर्दै जनकपुरमा मनाइयो विश्व औँलो दिवस

स्वागतम खबर
जनकपुरधाम, बैशाख १२ ।

विश्व औंलो दिवस २०७९ सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । औंलोको भार कम गर्न नयाँपनमा जोड दिऔं, जीवन बचाऔं मूल नाराका साथ विश्व औंलो दिवस नेपालमा मनाईएको छ । दिवसको अवसरमा सोमबार मधेश प्रदेशको स्वास्थ्य निर्देशनालय सपही धनुषाले पत्रकारहरुसँग जनकपुरमा अन्तरक्रिया गरेको छ ।
विश्व औंलो दिवसको अपसरमा गरिएको अन्तरक्रियामा स्वास्थ्य निर्देशक डा. विजय झाले औंलो रोगको नेपालमा वर्तमान अवस्था, सर्ने तरिका, चुनौती, रोक्ने र बच्ने उपाय र उन्मुलनका लागि गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी गराउनुभएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अवधेश कामत लगायत धनुषाका विभिन्न संचार माध्यमका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सन् २०२५ सम्ममा नेपालबाट औंलो निवारण गर्ने परिकल्पनाका साथ सन् २०२२ सम्ममा स्थानीय औंलोलाई शुन्यमा पुग्याउने र त्यसलाई कायम राख्ने, शुन्यमा मृत्युलाई कायम राख्ने लक्ष्य लिईएको छ ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/०७९ बैशाख १० गतेसम्ममा नेपालमा औंलो रोगको २८ वटा विरामीको केश फेला परेको छ । जसमा मधेश प्रदेशमा मात्रै ११ वटा विरामी रहेको छ । यसमा पनि १० वटा विरामीले अन्य देशबाट औंलो सारेर ल्याएको छ भने १ वटा केश मधेशभित्रकै व्यक्तिमा फेला परेको छ । MDIS को आर्थिक वर्ष २०७२/०७३ देखि २०७८/०७९ सम्मको तथ्यांक हेर्दा औंलो विरामीको संख्या घट्दै गएको छ । सरकारी स्वास्थ्य संस्थाहरुमा औंलो परिक्षण र उपचार निःशुल्क भईरहेको छ ।
औँलो के हो ?
लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग औँलो विरुद्धको दिवस संसारभरि प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औँलो रोगलाई अग्रेेंजीमा मलेरिया भनिन्छ । यो रोग एनोफेलिस लामखुट्टेको टोकाईबाट औँलोको सङ्क्रमण मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरियाको संक्रमण रहेको पुष्टि गरेको छ ।
औँलो दिवसको पृष्ठभूमि
सन् २००७ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको नेतृत्वमा हरेक वर्ष अप्रिल २५ लाई मलेरिया दिवसको रूपमा मनाउने क्रम सुरु भएको हो । आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाइन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको आयोजना गरेर सू–सूचित गर्ने गर्दछन् ।

के औँलो निको हुन्छ ?
आशालाग्दो कुरा के हो भनेँ समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापि विकासोन्मुख देशका नागरिकहरूमा यसबारे देखिएको चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको संख्या अपेक्षा अनुसार घट्न सकेको छैन ।
मलेरिया विरुद्धको खोप नलगाएका व्यक्तिहरूमा यसको संक्रमणको दर उच्च हुन्छ, मलेरिया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरू देखिन्छन् । यसका लक्षणहरूमा रक्त अल्पता, श्वास–प्रश्वासमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा लगभग संसारका आधि जनसंख्या नै मलेरियाको जोखिममा थिए, बालबालिका, गर्भवती आमाहरू, एच.आई.भी. संक्रमितहरू तथा जमेको पानी वरपर बस्ने समुदाय अनि सरसफाइमा ध्यान नदिने र घुमन्ते मान्छेहरू यस रोगको उच्च जोखिममा रहन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०१६ को एक अध्ययन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाई सकेको तथ्याङ्क छ, अफ्रिकी महादेशमा त यसको प्रकोप अझै बढी छ ।

मलेरिया विरुद्धको खोप
मलेरियाको रोकथामका लागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण छ । घर वरिपरि सरसफाइ गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशक/रसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।
भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमै खोप लगाउन जरुरी छ, मलेरियाका कीटाणुहरू शरीरमा प्रवेश पछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै कीटाणुले मूल रक्त प्रवाहमा छिरेर यिनीहरूले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले सजिलै ज्यान लिन्छ, हामी सबै जना सतर्क हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य