स्वागतम खबर
महेन्द्रनगर, बैशाख १२ ।
बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि धनुषाको जिल्लाको बटेश्वर गाउँपालिकामा नेकपा एमालेबाट श्याम सुन्दर महतोले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीलाई ब्याक गरेर श्याम सुन्दर महतोलाई एमालेले टिकट दिएपछि उनले सोमवार उम्मेदवारी दर्ता गराएको हुन् ।
क्षेत्री फेरि चुनाव लड्न गत शुक्रबार पदबाट राजीनामा दिएका थिए । क्षेत्रीलाई पालिका अध्यक्षमा पुनः टिकट नदिन पार्टीभित्रबाट दवाव बढेको थियो । दवावकै कारण अन्तिम समयमा आएर डम्बरलाई आउट गर्दै एमालले युवा नेता श्यामलाई गाउँपालिका अध्यक्षमा टिकट दिएर ईन गरेको छ । व्यवसायी श्याम महतो बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुरका बासिन्दा हुन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शान्तिपुरके युवा नेता अजय कुमार राउतले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।