Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

क्षीरेश्वनाथ न.पा.मा वैदेशिक रोजगारी गुमाएका युवाको खोजी हुँदै, सीप मूलक तालिम दिने

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
क्षीरेश्वनाथ न.पा.मा वैदेशिक रोजगारी गुमाएका युवाको खोजी हुँदै, सीप मूलक तालिम दिने

स्वागतम खबर
महेन्द्रनगर, बैशाख १३ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कोरोना भाइरस लगायत विभिन्न कारणले विदेशमा रोजगारी गुमाएर फर्केका युवाहरूको खोजी गरिँदै छ । विदेशबाट कोरोना भाइरस लगायत विभिन्न कारणले रोजगारी गुमाएर फर्केका युवाहरुलाई खोजी गरी सम्बन्धित काममा दक्षता प्रदान गर्न र सीप मूलक तालिम दिनको लागि युवाहरुको खोजी गरिँदै छ ।
सोहि क्रममा क्षीरेश्वरनाथ नगरपालिकामा हालसम्म करिव ६० जना विदेशबाट रोजगारी गुमाएर फर्केका र घरमै बसेको युवाहरुको खोजी गरी नामावली संकलन गरिएको सर्वेक्षक अशेश्वर चौधरीले बताएका छन् । क्षीरेश्वरनाथ नगरपालिकाबाट करिव १ सय जना त्यस्ता युवाहरुको नामावली संकलन गरिने उनले बताए ।
नामावली संकलन गरेपछि तालिममा छनौटका लागि विभिन्न चरणका सीप परिक्षण र अन्तर्वाता लिएर उनीहरुको क्षमता अनुसारको सीप र तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्य रहेको परियोजनाका मधेश प्रदेशका अनुगमन तथा संयोजन विशेषज्ञ दिपक शाशंकरले जानकारी दिएका छन् ।
विदेशबाट फर्किएका नेपालीका लागि रोजगार मूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा जिल्लाका १५ वटा पालिकाका करिव ५ सय युवाहरुलाई सीप मूलक तालिम दिएर दक्षता प्रदान गर्ने योजना रहेको उनले बताए । हाल यो कार्यक्रम धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका र धनुषाधाम नगरपालिकमा मात्र संचालन गरिएको संयोजन विशेषज्ञ शाशंकरले जानकारी दिएका छन् । कार्यक्रमका लागि लक्षित युवाहरुका छनौट भएपछि जेठ महिनाको दोस्रो हप्तादेखि तालिम संचालन हुने उनको भनाई थियो । यस्तै सोही कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ११ वटा पालिकामा पनि कार्यक्रम संचालन गरिएको उनले बताए ।
विदेशबाट फर्किएका नेपालीहरुका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमको विषयमा जानकारी गराउन मंगलबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सभाहलमा वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा विदेशमा रोजगारी गुमाएर फर्केका दर्जनौ युवाहरुको उपस्थिति रहेको थियो ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मधेश प्रदेश र लुम्बिनी प्रदेशमा पहिलो चरणमा विदेशबाट रोजगारी गुमाएर फर्केका जम्मा १ हजार ५ सय युवाहरूलाई सहभागी गराएर स्वदेशमै रोजगारी गर्न प्रोत्साहित गर्ने नीति अनुरुप क्षमता अभिवृद्धिका लागि सीप मूलक प्रशिक्षण तालिम दिने तयारी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा हुन लागेको यस सीप तथा क्षमता अभिवृद्धि (स्किल्स) कार्यक्रममा सहभागी भएर तालिम पाएपछि उनीहरु आफैँ रोजगारी गर्ने विश्वास लिएको नगरपालिकाका शिक्षा शाखाका दिपक खत्रीले बताएका छन् ।
कोरोना महामारीका कारणले मात्र वैदेशिक रोजगारीमा रहेका ४३ लाख श्रमिकमध्ये ५ लाख ७२ हजार ५ सय ७१ जना स्वदेश फर्केको हुनाले परियोजना मार्फत हाललाई मधेश प्रदेश र लुम्बिनी प्रदेशका जम्मा १ हजार ५ सय जना युवालाई क्षमता अभिवृद्धि गरिने बताइएको छ ।
सो परियोजनाले कृषि, निर्माण र पर्यटनको क्षेत्रमा सीप तथा क्षमता अभिवृद्धि गर्ने प्रकारको तालिम दिने उद्देश्य लिएको छ ।
नेपाल श्रमशक्ति सर्वेक्षण २०७५ को अनुसार नेपालमा ११ दशमल ४ प्रतिशत बेरोजगारको संख्या रहेको छ । जसमध्ये महिला बेरोजगारको संख्या १३ दशमल १ प्रतिशत र पुरुष बेरोजगारको संख्या १० दशमल ३ प्रतिशत रहेको छ । यस्तै वैदेशिक रोजगारमा गएका ४३ लाख मध्ये ७५ दशमल ५ प्रतिशत अदक्ष, २३ प्रतिशत अर्धदक्ष र १ दशमल ५ प्रतिशत मात्र दक्ष जनशक्ति रहेको नेपाल श्रमशक्ति सर्वेक्षण २०७५ ले देखाएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य