काठमाण्डौ बैशाख १४ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार नेपाल, अमेरिका र ओमानबीच हुने श्रृंखला आउँदो जुनमा हुनेछ । तालिकामा उल्लेख भएअनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ । यो खेल जुन ९ तारिखमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा अमेरिकासँग जुन ११ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।