स्वागतम खबर
धनुषा, बैशाख १६ ।
धनुषा जिल्लामा विभिन्न पदका ७७ जनाले उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार धनुषा पालिका प्रमुखका ४ जना, उपप्रमुखका २ जना र वडाध्यक्षका ३९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै सदस्यका १८ जना, महिला सदस्यका ६ र दलित महिला सदस्यका ८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यता जनकपुरधाम उपमहानगरपालिकामा १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जना सहित १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका बैधनाथप्रसाद साह र नन्दकुमार भगतले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् । प्याकुरेलक अनुसार उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विश्वनाथ साह सुडीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका १० जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपाबाट सदस्य पदमा मनोनयन दर्ता गराएका अकबर कबाडीले पनि उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।