स्वागतम खबर
महेन्द्रनगर, बैशाख २३ ।
नेकपा एकिकृत समाजवादी पार्टीबाट धनुषाको बटेश्वर गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका रामप्रबोध महतोले आज आफ्नो चुनावी एजेण्डा सहितको घोषणा पत्र सार्वजनिक गरेका छन् । पार्टीले बनाएको स्थानीय तह निर्वाचन घोषणा पत्र २०७९ सार्वजनिक गर्दै आफुले पालिकामा विकास र समृद्धिका लागि नै आफुले बटेश्वर गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
उम्मेदवार महतोले चुनावी घोषणा पत्र अनुसार नै आफुले पालिकामा जितेपछि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिने दावी समेत गरेका छन् । उनले बटेश्वर गाउँपालिका कृषि कार्यका लागि प्रसिद्ध रहेकोले आफुले जितेपछि हरेक किसानको खेतमा सिंचाईको लागि पानी पुग्याउने र कृषि मिटरमा छुट गराउने कार्य नै पहिलो प्राथमिकतामा राख्ने घोषणा समेत गरेका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएपछि अहिले महतो मतदाताको घरदैलोमा पुगेर दिनहुँ भोट माग्दै छन् । घरदैलोको क्रममा आफुप्रति र आफ्ना पार्टीप्रति जनलहर बढ्दै गएकोले जित सुनिश्चित रहेको बताए । उनले कृषि बजार व्यवस्थापन गर्ने र सबैको भावना र जनअपेक्षा अनुसार कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दै उम्मेदवार बटेश्वर गा.पा.का अध्यक्ष पदका उम्मेदवार रामप्रबोध महतो्ले के के भने भिडियो सहित