मुकेश यादव (स्वामी)
सिरहा, बैशाख २६ ।
सिरहाको गोलबजार नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार रामचन्द्र महतोले आज रोड शो गरेको छ । नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि मेयरमा बागी उम्मेदवारी दिएको महतोले नगरपालिका भरी रोड शो गर्दै शक्ति प्रदर्शन गरेका छन् । स्वतन्त्रबाट लालटेन छाप लिएर महतो चुनावी मैदानमा छन् ।
जनताको सुःख दुखमा सँधै साथ दिँदै आएको स्वतन्त्र मेयरका उम्मेदवार महतोले उम्मेदवारी दिएपछि चुनावको माहोल तातिएको छ । विगत ५ वर्षमा स्थानिय सरकारले चरम अनियमितता गरी जनतालाई अनावश्यक समस्यामा पारेको भन्दै उनले आफु स्वतन्त्र रुपमा उम्मेदवारी दिएको महतोले बताएका छन् । उनले रोड शो गर्दै आफ्नो जीत हुनेमा आफु ढुक्क रहेको बताए ।
उम्मेदवार महतोले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र आफ्नो पहिलो प्रथामिकतामा रहेकोले नगरपालिकाको विकास तथा समृद्धिका लागि मतदाताले आफुलाई भोट दिएर जिताउनेमा आफु विश्वस्त रहेको दावी गरेका छन् ।
घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले भने,“पालिकामा सदैव नगरपालिकावासी जनताको हितका लागि काम गर्ने गरि अघि बढ्ने छु, पालिकालाई भष्ट्राचार मुक्त बनाउँदै जनतालाई शुसासनको प्रत्याभूति दिलाउने काममा आफु लागि पर्ने छु ।” अनेक चुनौतीका बाबजुद चुनावी मैदानमा उत्रिएको बताए । अगाडी उनले थपे, “विगत ५ वर्ष पालिका जुन गतिमा अघि बढ्नु पर्ने थियो, त्यसरी अघि बढ्न सकेन, त्यसको कारण असक्षम नेतृत्व नै हो, अब त्यो नेतृत्व परिवर्तन गर्ने समय आएको छ, पालिकावासीले मलाई साथ दिने छन् ।”
पालिकावासीको माझ लोकप्रिय रहेका उम्मेदवार महतोले सामाजिक कार्यमा सक्रिय हुदैं आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न समक्ष देखिन्छ । पालिकाको नेतृत्व आफुले पाए पालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार,सडक विधुत, कृषि, क्षेत्रमा अगाडि बढाउने उनले जिकिर गरे । बागी उम्मेदवारी दिएपछि पार्टीले महतो सहित ६ जनालाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिसकेको छ ।