स्वागतम खबर
सर्लाही, बैशाख ३० गते ।
सर्लाही जिल्लामा गाछी छाप चुनावमा चिन्हमा आफै धमाधम मत छाप्ने र मतदातालाई समेत मत दिन सिकाउने एक जना मतदान अधिकृत बर्खास्ती भएका छन् । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको छ ।
मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका साहलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले बताएका छन् । साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर गाछी अर्थात रुख छापमा मतदान गर्न सिकाएपछि विवाद हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
विवादका कारण केही बेर मतदान अवरूद्ध समेत भएको थियो । सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमति भएको थियो । बैठकमा भएको सहमति अनुसार सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर मतदान सुरू गराइएको निर्वाचन अधिकृत यादवले बताएका छन् ।
मतदान अधिकृत साहले मतदातालाई रुख छापमा मत दिन सिकाएको र आफै समेत रुख छापमा मत छापेको आरोप छ ।