स्वागतम खबर
सिरहा, बैशाख ३० ।
सिरहा जिल्लामा आज हावाहुरीसँगे आएको वर्षाको बेला चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । वर्षासँगे मेघ गर्जिदा चट्याङ परेर गाउँनजिकै भैँसी चराउन गएका एक वृद्धको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेम गोलबजार नपा–१० डण्डाटोलका ६५ वर्षीय रवीन्द्र महतो रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
चट्याङ लागेर उनको भैसी समेत मरेको स्थानीय शिक्षक प्रमोद सिंहले जानकारी दिएका छन् । जिल्ला प्रहरी सिरहाका अनुसार गाउँदेखि पूर्वतर्फ भैंसी चराइरहेका बेला परेको चट्याङले शरीरको केही भाग जलेको जस्तो देखिएको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ ।