स्वागतम खबर
काठमाडौं, बैशाख ३० ।
आज भएको स्थानीय तहको निर्वाचनमा करिव ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । देशभरिका ७ सय ५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६४ प्रतिशत मतदाता सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान सकिएपछि आजै रातिदेखि अधिकांश ठाउँमा मतगणना शुरु गरिने आयोगले जनाएको छ ।
आज भएको स्थानीय तह निर्वाचनमा ४४ मतदान केन्द्रको चुनाव विभिन्न कारणले स्थगित भएको छ । १४ जिल्लाका १७ स्थानिय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको समान्य विवादको कारण अवस्था विग्रेपछि मतदान स्थगित गरिएको हो ।
स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।
अब स्थगित भएको मतदान केन्द्रको मतदान भएपछि मात्र मतगणना सुरु हुनेछ । उनका अनुसार हिमाली र दुर्गम जिल्लामा शनिबारदेखि हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्न कार्य सुरु गरिनेछ ।