स्वागतम खबर
ढल्केवर, बैशाख ३१ ।
धनुषाको मिथिला नगरपालिकामा मतगणना आज विहान ८ बजेदेखि शुरु गरिने भएको छ । विहान ८ बजे सर्वपक्षीय बैठक पश्चात मतगणना सुरु गरिने निर्वाच अधिकृतको कार्यालयले जनाएको छ ।
शुक्रवार भएको मतदानमा मिथिला नगरपालिकामा ७१.२८ प्रतिशत मत खसेको छ । छिटफुठ हो हल्ला बाहेक शान्तिपूर्ण वातावरणमा भएको मतदानमा ७१.२८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुल २९ हजार ७ सय ९५ मतदाता रहेको मिथिला नगरपालिकामा २१ हजार २ सय ३९ मत खसेको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिएका छन् । मतगणनाका लागि नगर भित्रका सबै मतदान स्थलबाट मतपेटिका राति नै मतगणनास्थल ढल्केवरसिथत महेन्द्र माविमा ल्याइएको छ । मतगणना स्थलमा राखिएको ६४ वटा मतपेटिका उम्मेदवारहरुको रोहवरमा सुरक्षितसाथ शिल गरि राखिएको निर्वाचन अधिकृत धितालले बताएका छन् ।