एजेन्सी
दिल्ली, बैशाख ३१ ।
भारतको राजधानी दिल्लीस्थित मुन्डकामा एक भवनमा शुक्रवार राति आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा २७ जनाको ज्यान गएको छ । आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताएका छन् ।
आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भईरहेको छ ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताएका छन् ।