स्वागतम खबर
ढल्केवर, जेष्ठ १ ।
धनुषाको मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार प्लानल सहित निर्वाचित भएका छन् । मिथिला नगरपालिका वडा नं.–१ मा नेपाली काँग्रेसका जोगी महतो ७७ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली काँग्रेस मिथिला नगरपालिकाको नगर सभापति समेत रहेका महतोले ७३५ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्धी निवर्तमान वडाअध्यक्ष नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका छन् । जोगी महतो निर्वाचित भएको वडा नं. १ एमालेका मेयर उम्मेदवार राजाराम महतोको गाउँ हो । सो वडामा अघिल्लो पटक एमालेका लक्ष्मी महतो वडाध्यक्षमा विजयी भएका थिए ।
यस्तै मेयर र उपमेयरमा नेपाली काँग्रेका उम्मेदवारले नै अग्रता कायम राखेका छन् । मेयर उम्मेदवार महेन्द्र महतोले अग्रता कायम राखेका छन् भने उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका राजाराज महतो दोस्रो स्थानमा लिड गरिरहेको छ ।
यसैगरी, उपमेयरमा काँग्रेसकी निर्मला कोइराला अग्र स्थानमा छन् भने उनको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालकी सुनिता सिंह बुढाथोकी दोस्रो स्थानमा लिड गर्दै छिन् । अहिले मिथिला नगरपालिका वडा नं. २ को मतगणना भइरहेको छ ।