स्वागतम खबर
ढल्केवर, जेष्ठ २ ।
धनुषाको मिथिला नगरपालिका वडा नं.–२ मा वडाअध्यक्ष पदमा नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । एकिकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार बिहारी महतो १५० मत अन्तरले निर्वाचित भएका हुन् । उनले ११ सय ७९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांंग्रेसका उम्मेदवार मनोज कुमार सिंहले १ हजार २९ मत ल्याएर पराजित भएका हुन् ।
यसअघि पनि २०७४ को स्थानीय चुनावमा पनि मिथिला नगरपालिका वडा नं.२ मा बिहारी महतो नेकपा एमालेबाट विजयी भएका थिए । एमाले विभाजनपछि एकिकृत समाजवादी रोजेका महतो दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका छन् ।
एकिकृत समाजवादीका केन्द्रिय स्थायी समिति सदस्य तथा मधेश प्रदेशका उद्योग, वन, तथा पर्यटनमन्त्री शत्रुधन महतोको गृह वडा पनि रहेको छ । यता मिथिला नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र महतोको आफ्नै वडामा कांग्रेसले हार व्यहोरेको छ ।