स्वागतम खबर
महेन्द्रनगर, जेष्ठ २ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेबाट मेयरका उम्मेदवार रहेका सुखदेव यादवले १ हजार ५४५ मत ल्याएर अग्र स्थानमा रहेका छन् । एमालेका मेयर पदका उम्मेदवार सुखदेव यादवले  २८३ मतले अग्रता लिएका छन् ।यादव वडा नं. ६ को मतगणनाबाट नै कांग्रेसलाई पछि पार्दै अग्रता लिएका हुन् ।
यता नेपाली कांग्रेसका निवर्तमान मेयर समेत रहेका योगेन्द्र पजियारले १ हजार २६२ मत सहित दोस्रो स्थानमा रहेका छन् । सुर्यलाई गाछीले पछ्याइरहेको छ । यस्तै नेकपा एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंहले ११३ मत मात्र पाएका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सालिनी चौधरीले पनि अग्रता बनाएकी छिन् । उनले ३०२ मतले अग्रता बनाएकी हुन् । चाैधरीले १४५४ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रचना माथेमाले ११५२ मत प्राप्त गरेकी छिन् ।