स्वागतम खबर
महेन्द्रनगर, जेठ ७ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्वरपुरमा नेपाली कांग्रेसका उम्मेदवार मोदकुमार महतो (मोदी) वडाअध्यक्ष पदमा विजयी भएका छन् । मोदी २४५ मतको अन्तरले विजयी भएका हुन् ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ को शनिवार दिउँसो सम्पन्न मतगणनाबाट मोदीले १०३७ मत ल्याएर प्यानल सहित विजयी भएका छन् । यस्तै उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामखेलावन महतोले ७९२ मत प्राप्त गरेका छन् ।
यता क्षीरेश्वरनाथ नगरपालिकाको मेयर पदमा हालसम्मका मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुखदेव यादव अग्रता कायम राख्दै आएका छन् । यस्तै नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार तथा निवर्तमान मेयर योगेन्द्र पजियार दोस्रो प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकामा हालसम्म वडा नं. ७, ६, २ , ५ ,१ , १० र ८ को मतगणना सम्पन्न भईसकेको छ भने वडा नं. ९ को मतगणना भईरहेको छ । वडा नं. ९ को मतगणनामा पछि नेकपा एमाले नै अगाडी लिड गरिरहेको छ ।
अब वडा नं. ३ र ४ को मतगणना बाँकी रहेको र आइतवारसम्म सबै वडासहित मेयर तथा उपमेयरको समेत अन्तिम मतपरिणाम सार्वजनिक हुने सम्भावना रहेको छ ।