Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

गिद्धा बेलापट्टी माविमा महिनावारी स्वच्छता दिवस मनाइयो

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
गिद्धा बेलापट्टी माविमा महिनावारी स्वच्छता दिवस मनाइयो

Exif_JPEG_420

विनोद महतो
धनुषा, जेठ १४ ।

आज मे २८ तारिख अर्थात विश्व महिनावारी स्वच्छता दिवस । नेपालमा पनि ‘विद्यालयमा मर्यादित महिनावारी ः हामी सबैको जिम्मेवारी’ मूल नाराका शनिवार राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइएको छ । यो दिवस धनुषामा समेत विविध जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ ।
‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी, महिनावारी नियमित प्रक्रिया हो, यो लाजको हैन गर्वको विषय हो, महिनावारी सम्बन्धी गलत धारणा र अभ्यासलाई अन्त्य गरौं, सधैं सफा र सुरक्षित प्याडको मात्र प्रयोग गरौं’ जस्ता विभिन्न चेतनामूलक नारा सहित महिनावारी स्वच्छता दिवस मनाइएको छ ।
धनुषामा सरसफाइ तथा स्वच्छताको क्षेत्रमा सक्रिय संघसंस्थाहरुले दिवसको अवसरमा महिनावारी स्वच्छता, प्याडको प्रयोग, महिनावारीको चक्र, समाजको दृष्टिकोण, व्यक्तिगत सरसफाइ लगायत विषयमा अन्तरक्रिया, भिडियो शो, रैली, गोष्ठी, वक्तृत्वकला प्रतियोगिता र गीति सन्देश लगायतको विविध कार्यक्रम गरी महिनावारी स्वच्छता दिवस मनाइएको छ ।
यसै क्रममा जिल्लाको विदेह नगरपालिकाको जनता नमुना प्राविधिक माध्यमिक विद्यालय गिद्धा बेलापट्टीमा वक्तृत्वकला प्रतियोगिता र गीतको सन्देश सहित दिवस मनाइएको छ ।

Exif_JPEG_420

महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा सोहि विद्यालयका छात्रा प्रिति ठाकुर प्रथम स्थान ल्याएकी छिन् । यस्तै सो प्रतियोगितामा माध्यमिक विद्यालय बफैका छात्रा नितिका साह द्धितीय र अल्का साह तृतीय स्थान ल्याएकी छिन् । यस्तै गीत प्रतियोगितामा जनता नमुना प्राविधिक माध्यमिक विद्यालय गिद्धा बेलापट्टीका छात्रा प्रिति यादव प्रथम, भगवती आधारभूत विद्यालय योगियाडाका छात्रा आशा यादव द्धितीय र मा.वि. बफैका छात्रा खुश्वु कुमारी तृतीय स्थान ल्याएकी छिन् ।
उनीहरुलाई डिक्शनरी, कपी, कलम लगायतको पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । जनता नमुना प्राविधिक माध्यमिक विद्यालय गिद्धा बेलापट्टीको व्यवस्थापन, विदेह नगरपालिकाको समन्वय र आयोजना तथा CFWA र आसमान नेपालको सहयोगमा सो कार्यक्रम गरिएको आसमान नेपालका संजिव साहले जानकारी दिएका छन् ।

अंग्रेजी महिनाको यो पाँचौ महिना ‘मे’ मा संसारभरी नै ‘स्वस्थ महिनावारी’ अधिकारको महिनाका रुपमा मनाईरहेको छ । नेपालले पनि सन् २०१४ देखि महिनावारी दिवस मनाउन थालेको छ । महिलाहरुमा महिनावारी हुँदा रगत बग्ने दिनलाई सालाखाला मिलाएर पाँच दिन हुने भएकोले पाँचौ महिना लिएको हो भने, संसारभरिका महिलाहरुको महिनावारी चक्र सालाखाला २८ दिनको हुने भएकोले मे २८ तारिखलाई दिवसको रुपमा मानिएको हो ।
सन् २०१४ मा संयुक्त राष्ट्र संघले लैंगिक समानता हासिल गर्न महिनावारी बार्ने कारण एक मुख्य बाधक हो भनेर घोषणा गरेपछि विश्व विकासको इतिहासमा महिनावारी दिवसले ठाउँ पाएको छ । अर्थात् प्राकृतिक रुपमा प्राप्त महिनावारी जुन संसार भरिकै महिलाहरुले अनुभव गर्छन् र जन्मेदेखि मर्ने बेलासम्म यसको प्राकृतिक प्रभाव र सामाजिक मूल्य मान्यता भए पनि लामो समयको अन्तरालमा मात्र महिनावारीलाई एक सवाल र बहसको रुपमा हेर्न थालिएको सरोकारबलाहरु बताउँछन् ।

Exif_JPEG_420

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य